०९ साउन २०८३, शनिबार

विभागद्वारा ४२ फर्मको अनुगमन

बैशाख ९, २०८३
काठमाडौं
विभागद्वारा ४२ फर्मको अनुगमन

नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यवसायिक फर्ममाथि अनुगमन गरेको छ ।

विभागले मङ्गलबार काठमाडौँको चुच्चेपाटी, जोरपाटी, चाबहिललगायतका स्थानमा एकै पटक अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ । बजारलाई स्वच्छ बनाउन, कानुन कार्यान्वयन गराउन र उपभोक्ता अधिकारको संरक्षण गर्न नियमित रुपमा बजार अनुगमन गरिएको विभागले प्रष्ट पारेको छ । विभागले उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितीमा नियमित अनुगमन गरिएको प्रष्ट पारेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम विभागले ती फर्मलाई कानुनको परिपालना गरी व्यवसाय गर्न आग्रह समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्