०८ साउन २०८३, शुक्रबार

सीडीओ कार्यालयमा खगेन्द्र सुनार र रिमा विश्वकर्मासहित रास्वपा सांसदहरूको धर्ना

बैशाख ११, २०८३
काठमाडौं
सीडीओ कार्यालयमा खगेन्द्र सुनार र रिमा विश्वकर्मासहित रास्वपा सांसदहरूको धर्ना

खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन् ।

धर्नामा रास्वपा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेललगायत बसेका थिए । '१२ घण्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं,' खगेन्द्र सुनारले आफ्नो फेसबुकमा लेखेका छन् । 

हिरासतमै मृत्यु भएका २२ वर्षीय श्रीकृष्णलाई प्रहरीले यातना दिएर मारेको आफन्तहरूको आरोप छ । श्रीकृष्णले खोटाङकी १७ वर्षीय किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए । श्रीकृष्ण वैशाख ७ गते हिरासतमा मृत फेला परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्