
काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीका घर–टहरा भत्काउन डोजर आइपुगेका छन् । बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाका डोजहरू ल्याइएको हो ।
अब केही बेरमा बस्तीमा डोजर चलाइने प्रहरीले जनाएको छ । त्यसअघि बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
अधिकांशले हिजै र आज बिहान गरी घर-टहरा खाली गरिसकेका छन् । बाँकी रहेकाहरू धमाधम सारिरहेका छन् ।
उनीहरूलाई चाँडो सामान सार्न प्रहरीले माइकिङ गरिरहेको छ । प्रहरीले माइकिङमार्फत् सामान सार्न आधाघण्टा समय थप दिएको छ ।
घर-टहरा भत्काउन पाँचवटा डोजर तयारी अवस्थामा राखिएको छ ।