०५ साउन २०८३, मंगलबार
सुकुमवासी बस्तीमा डोजर

यसरी भत्काइँदै छ थापाथलीको सुकुमवासी बस्तीका घर-टहरा [तस्वीरहरू]

बैशाख १२, २०८३
काठमाडौं
यसरी भत्काइँदै छ थापाथलीको सुकुमवासी बस्तीका घर-टहरा [तस्वीरहरू]

काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलेको छ । डोजरले सुकुमवासी​ बस्तीका घर–टहरा भत्काउन थालिएको हो । बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाका डोजहरू ल्याइएको हो । 

 विगतमा पटक–पटक बस्ती खाली गराउने प्रयास हुँदा निकै तनावपूर्ण र हिंसक झडप हुने गरेको यस क्षेत्रमा शनिबार भने कुनै अवरोध र विरोधबिना नै शान्तिपूर्ण रूपमा संरचनाहरू भत्काउन शुरू गरिएको हो ।

null

विगतमा महानगरपालिकाको डोजर देख्नेबित्तिकै घरेलु हतियारसहित प्रतिकारमा उत्रिने सुकुमवासीहरू यसपटक भने आफैँले आफ्ना घर–टहरा खाली गरिरहेका छन् । 

त्यसअघि बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । 

अधिकांशले हिजै र आज बिहान गरी घर-टहरा खाली गरिसकेका छन् । बाँकी रहेकाहरू धमाधम सारिरहेका छन् ।

nullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्