०८ साउन २०८३, शुक्रबार
अतिक्रमित जग्गा खाली गर्ने अभियान

उच्च अदालत बुटवल अगाडिको सरकारी जग्गाको बस्ती हटाउन थालियो, स्थानीय आफैँले सामान सार्न थाले

बैशाख १३, २०८३
बुटवल
उच्च अदालत बुटवल अगाडिको सरकारी जग्गाको बस्ती हटाउन थालियो, स्थानीय आफैँले सामान सार्न थाले

सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घर-टहरा तत्काल हटाउन रूपन्देहीको बुटवल उपमहानगरपालिकाले सूचना जारी गरेपछि स्थानीयले आफैँ जग्गा खाली गराउन थालेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–४ मा पर्ने उच्च अदालत तुलसीपुर इजलास बुटवल अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरू भएको हो । 

तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन लागिएको हो । संघीय सरकारले काठमाडौंका सुकुम्बासी बस्ती खाली गराउन शुरू गरेपछि रूपन्देहीमा पनि अतिक्रमित सरकारी जग्गा संरक्षण गर्न थालिएको हो ।

बुटवल उपमहानगरपालिकाले शनिबार साँझ अबेर माइकिङ गर्दै  सरकारी जग्गामा बनेका संरचना हटाउन भनेको थियो । उपमहानगरको निर्देशनपछि बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थालेका बुटवल–४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका साबिक वडा नं. ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता नं. ३९६ (हाल कित्ता नं. ७८१२६११३४) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा बनेका घरटहरा हटाउन उपमहानगरले सार्वजनिक सूचना जारी गरेको हो । 

उपमहानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यस्ता अतिक्रमणविरुद्ध अभियानलाई निरन्तरता दिने जनाएको छ ।

null

जग्गा २०४६ सालमा अञ्चलाधीश कार्यालय खारेज भएपछि २०४८ पुस ४ गतेको श्री ५ को सरकारको बैठकले उक्त जग्गा तत्कालीन पुनरावेदन अदालत हालको तुलसीपुर उच्च अदालत बुटवल इजलासलाई उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि अदालतले आफ्नो नाममा श्रेस्ता कायम भएको जग्गा खोजबिन गरेपनि अतिक्रमण गरी घर टहरा बनाएकाहरुलाई हटाउन सकेको थिएन । 

इलाका प्रहरी कार्यालय बुटवल बुटवलका डीएसपी निशान्त श्रीवास्तवले १० बजेपछि डोजर चल्ने बताए । ‘१० बजेसम्म नापीको काम सकिन्छ, त्यसपछि डोजर चलाएर सरकारी स्वामित्वमा बनेको संरचना हटाइने छन्’ डीएसपी श्रीवास्तवले भने ।

salt training

कमेन्ट गर्नुहोस्