०५ साउन २०८३, मंगलबार
सुकुमवासी बस्ती खाली गर्ने मिसन

हिजो ढुंगामुडा भएर रोकिएको मनोहरा क्षेत्रका सुकुमवासी टहरा भत्काइँदै, ठूलो संख्यामा प्रहरी परिचालन

बैशाख १३, २०८३
काठमाडौं
हिजो ढुंगामुडा भएर रोकिएको मनोहरा क्षेत्रका सुकुमवासी टहरा भत्काइँदै, ठूलो संख्यामा प्रहरी परिचालन

स्थानीयको अवरोधका कारण शनिबार राति रोकिएको सुकुमवासी बस्तीको टहरा हटाउने कामलाई आज (आइतबार) निरन्तरता दिइने भएको छ । कोटेश्वर जडिबुटी क्षेत्रको मनोहरा क्षेत्रमा टहरा हटाउन काठमाडौंको नगर प्रहरी र ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ ।

शनिबार थापापली र तीनकुने शान्तिनगर क्षेत्रका सुकुमवासी बस्तीका घर–टहरा भत्काइएको थियो । थापाथली र शान्तिनगर क्षेत्रमा सामान्य विरोध भए पनि जडिबुटी क्षेत्रमा अवरोध भएको थियो ।

ढुंगामुढा र सिसाका बोत्तल प्रहार भएपछि शनिबार रोकिएको टहरा हटाउने कामलाई आइतबार निरन्तरता दिन लागिएको काठमाडौं महानगरका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।

सरकारले काठमाडौंको नदी किनाराका सार्वजनिक स्थल खाली गर्न भन्दै सुकुमवासी बस्ती हटाउने निर्णय लिएको थियो । विस्थापित वास्तविक सुकुम्बासीलाई अन्यत्र बसोवासको व्यवस्था गर्ने प्रधानमन्त्री बालेन शाहले आश्वासन दिएका छन् ।

nullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्