१० साउन २०८३, आइतबार

तपाईंको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी सजिलै हेर्न सकिन्छ

बैशाख १५, २०८३
काठमाडौं
तपाईंको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी सजिलै हेर्न सकिन्छ

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रिन्ट भए/नभएको थाहा पाउन अब सेवाग्राहीले यातायात कार्यालय धाउनु पर्दैन । अब यसको जानकारी सिधै 'नागरिक एप' बाटै लिन सकिने व्यवस्था मिलाइएको छ ।

नागरिक एपले सार्वजनिक गरेको नयाँ अपडेटमा यो विशेष सुविधा थपिएको हो । प्रयोगकर्ताले एपभित्र रहेको ‘सवारी चालक अनुमतिपत्र’ सेक्सनमा गएर आफ्नो लाइसेन्सको पछिल्लो अवस्थाबारे जानकारी लिन सक्नेछन् । 

यदि कार्ड छापिसकिएको छ भने स्क्रिनमा 'तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्' भन्ने सन्देश देखिनेछ । कार्ड नछापिएको खण्डमा भने त्यस्तो कुनै सूचना देखिने छैन । 

नागरिक एपमार्फत आफ्नो कार्ड छापिएको निश्चित भएपछि सेवाग्राहीहरू स्वयं सम्बन्धित यातायात कार्यालयमा उपस्थित भएर लाइसेन्स सङ्कलन गर्न सक्नेछन् । नयाँ लाइसेन्स लिन जानेहरूले राजस्व तिरेको सक्कल रसिद र नवीकरण गरेकाहरूले पुरानो लाइसेन्स कार्ड अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्