१० साउन २०८३, आइतबार

पर्यटन व्यवसायीलाई लक्षित गर्दै चिनियाँ भाषा कक्षा सोमबारदेखि

बैशाख २६, २०८३
काठमाडौं
पर्यटन व्यवसायीलाई लक्षित गर्दै चिनियाँ भाषा कक्षा सोमबारदेखि

पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सोमबारदेखि सुरु हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा सोमबारदेखि चिनियाँ भाषा कक्षा सुरु हुन लागेको हो ।

नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीलाई चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिइयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । उनले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गरे । पर्यटन विस्तार र अन्तरराष्ट्रिय सम्बन्ध प्रवर्द्धनमा भाषाको योगदान महत्वपूर्ण भएको उनको भनाइ थियो ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले चिनियाँ पर्यटकको प्रमुख रोजाइको गन्तव्य बनेको बताए ।

अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको उनको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्