०५ साउन २०८३, मंगलबार
मन्त्रिपरिषद्को निर्णय

कार्यविभाजन नियमावली राजपत्रमा प्रकाशित, कुन मन्त्रालयको कार्यक्षेत्र के ? [पूर्णपाठ]

जेठ १, २०८३
काठमाडौं
कार्यविभाजन नियमावली राजपत्रमा प्रकाशित, कुन मन्त्रालयको कार्यक्षेत्र के ? [पूर्णपाठ]

नेपाल सरकारले मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी बाँडफाँड स्पष्ट पार्ने 'नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३' राजपत्रमा प्रकाशित गरेको छ । 

नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको यो नियमावली राजपत्रमा सूचना जारी भएसँगै तत्कालै कार्यान्वयनमा आएको छ ।

यस नयाँ नियमावलीले साविकको 'नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४' लाई खारेज गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा १८ वटा मन्त्रालयको कार्यसूची स्पष्ट पारेको छ । नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सबैभन्दा महत्वपूर्ण र नीतिगत ४८ वटा कार्यक्षेत्र तोकिएको छ । 

जसमा राष्ट्रिय सुरक्षा, कूटनीतिक गतिविधि, भ्रष्टाचार नियन्त्रण, साइबर सुरक्षादेखि पछिल्लो समय चर्चामा रहेको कृत्रिम बुद्धिमत्तासम्मका विषयहरू समेटिएका छन् ।

त्यसैगरी, अर्थ मन्त्रालयलाई आर्थिक अवस्थाको विश्लेषण, बजेट तर्जुमा र राजस्व प्रशासनसहित ४६ वटा जिम्मेवारी सुम्पिएको छ । गृह मन्त्रालयको कार्यक्षेत्रमा आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था, नागरिकता र प्रहरी प्रशासनसहित ५२ वटा बुँदाहरू उल्लेख छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति, पुरातत्व, पर्यटन प्रवद्र्धन र नागरिक उड्डयन व्यवसायसँग सम्बन्धित ३३ वटा मुख्य कार्यहरू सम्पादन गर्नेछ ।

नयाँ कार्यविभाजनमा केही मन्त्रालयहरूको स्वरुपमा पनि परिवर्तन गरिएको छ । शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र स्वास्थ्य तथा खाद्य स्वच्छता जस्ता मन्त्रालयहरूको कार्यक्षेत्रलाई छुट्टाछुट्टै परिभाषित गरिएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्रालय घटाएर १८ बनाउने निर्णय गरेको थियो । सोहीआधारमा राष्ट्रपतिले सरकारको फिसारिसमा बिहीबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्