०९ साउन २०८३, शनिबार

सिंहदरबारकै जग्गा अतिक्रमण

जेठ ३, २०८३
काठमाडौं
सिंहदरबारकै जग्गा अतिक्रमण

खोलानाला, नदी र सडक किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत मिचिएको (अतिक्रमणमा परेको) पाइएको छ ।

 सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो ।

सिंहदरबारको जग्गा सडक विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रबाटै मिचेर अतिक्रमण गरिएको हो । अनामनगरतर्फको सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी छ आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ । 

सिंहदरबारतिरबाट मात्र एकतर्फी जमिन लिएर सडक विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको खबर गोरखापत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्