
दाङको दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर उनीहरू आत्मनिर्भर समेत बनेका छन् ।
देशमा नै केही गरौं भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको उनको भनाइ छ ।
हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए ।
हाल आहाना, प्रतिकिलो ८० र स्विटहनी, सरस्वती, पूजा, दिव्या जातका तरबुजा प्रतिकिलो ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ ।
तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना छ ।