०४ साउन २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जेठ ५, २०८३
काठमाडौं
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भीमामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र ०५-००२ प २४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बेल्टार बजार बस्ने २८ वर्षीय मौसम राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्