
म्याग्दीको बेनी नगरपालिका–२ खबराका सोवित शर्माले ऋण खोजेर सुरु गरेको तरकारीखेतीबाट अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै सफल कृषकको पहिचान बनाएका छन् ।
२०५२ सालमा रु १५० को बीउ किनेर सुरु गरेको खेती आज व्यावसायिक कृषि फार्ममा परिणत भएको छ। उनले तरकारी, केरा, मौरीपालन तथा जैविक खेतीमार्फत परिवारको आर्थिक अवस्था सुधार गरेका छन् ।
तरकारी खेतीकै आम्दानीबाट पक्की घर निर्माण, पोखरामा घडेरी खरिद तथा छोराछोरीको उच्च शिक्षा सम्भव भएको उनले बताए ।
राष्ट्रपति कृषक पुरस्कारसमेत प्राप्त गरेका शर्मा अहिले अन्य किसानलाई पनि जैविक खेती प्रविधि सिकाउँदै प्रेरणाको स्रोत बनेका छन् ।