२८ असार २०८३, आइतबार

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ

जेठ ९, २०८३
काठमाडौं
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । सडक ढलान योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार, प्रमुख प्रशासकीय अधिकृत यादवले सडक ढलानसम्बन्धी योजनाको कार्य सम्पन्न भइसकेपछि त्यसको रकम भुक्तानी गर्ने बेलामा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख र हैरानी दिँदै आएका थिए । सोही क्रममा उनले काम गरिदिए बापत सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस (रिसवत) लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

रंगेहात पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाल नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले जनाएको छ ।
    

salt training

कमेन्ट गर्नुहोस्