०३ साउन २०८३, आइतबार

पोखराको फिर्के खोला अतिक्रमण हटाउन शुरू [फोटोफिचर]

जेठ १०, २०८३
काठमाडौं
पोखराको फिर्के खोला अतिक्रमण हटाउन शुरू [फोटोफिचर]

पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान शुरू गरेको छ । 

महानगरले सार्वजनिक सूचना जारी गर्दै दिएको ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो ।

वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ ।

यस अभियान अन्तर्गत खोलाघर खाली गर्ने कार्य तीन मुख्य स्थानबाट एकैसाथ शुरू गरिएको छ । पोखरा–२ र १८ को सिमाना अन्धेरिकुनादेखि वडा नं ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिर क्षेत्रदेखि वडा नं ५ र ८ तर्फ ,पोखरा–७ र ८ को सिमाना जिरो किलोमिटरस्थित लायन्स भवन क्षेत्रदेखि वडा नं ६ तर्फ अभियानका लागि एक्साभेटर, जेसीबी र टिपर परिचालन गरिएको छ । 

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा काम हुने महानगरले जनाएको छ ।

अभियानको थालनी जिरो किलोमिटरबाट महानगर प्रमुख धनराज आचार्यले गरेका छन् । उनी स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहेका छन् ।

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्