०७ साउन २०८३, बिहीबार

हुम्ला–बाजुरा सीमा विवादबारे छानबिन गर्न उच्चस्तरीय टोली गठन

जेठ १०, २०८३
काठमाडौं
हुम्ला–बाजुरा सीमा विवादबारे छानबिन गर्न उच्चस्तरीय टोली गठन
फाइल फोटो

गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले टोलीलाई तत्काल घटनास्थलमा खटिन र शीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ मन्त्रालयले हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल का विशेष टोली परिचालन गरिसकेको जनाएको छ।

सीमा क्षेत्रमा नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति लागू गर्न निर्देशन दिइएको छ।

साथै, आवश्यक थप सुरक्षाकर्मी परिचालन गर्न पनि दुवै सुरक्षा निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विवादको दीर्घकालीन समाधानका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग समन्वयात्मक बैठकसमेत गरिरहेको उल्लेख गर्दै दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ।

null

salt training

कमेन्ट गर्नुहोस्