०६ साउन २०८३, बुधबार

विद्या भण्डारीको पुरानै पार्टी सदस्यता कायम गरेर नवीकरण हुने

जेठ १०, २०८३
काठमाडौं
विद्या भण्डारीको पुरानै पार्टी सदस्यता कायम गरेर नवीकरण हुने

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुरानै पार्टी सदस्यता  कायम गरेर नवीकरण गर्ने भएको छ ।

आइतबार सम्पन्न सचिवालय बैठकपछि सचिव महेश बस्नेतले २०३४ सालदेखिको भण्डारीको पार्टी सदस्यता र वरिष्ठतालाई यथावत् कायम गर्दै नवीकरण गर्ने सर्वसम्मतले निर्णय गरेको जानकारी दिए । 

भण्डारीले ८ वर्ष राष्ट्रपतिको रूपमा देशको सर्वोच्च पद सम्हाल्दा संवैधानिक बाध्यताका कारण पार्टी सदस्यता त्यागेकी थिइन् । बैठकले उक्त ८ वर्षको अवधिलाई पार्टीमा सक्रिय नरहेको अवधिको रूपमा स्वीकार गर्दै उनको पुरानो सदस्यतालाई पुनः कायम गरेको बस्नेतको भनाइ थियो ।

'विगतमा पार्टीले गरेको निर्णय र उहाँले राष्ट्रपतिको रूपमा बिताउनुभएको ८ वर्षको समयलाई ध्यानमा राख्दै २०३४ सालदेखिको उहाँको पार्टी सदस्यता र वरिष्ठतालाई यथावत् कायम गर्ने निर्णय सर्वसम्मतले भएको छ,' सचिव बस्नेतले भने । 

यो निर्णयसँगै पूर्व राष्ट्रपति भण्डारीलाई पुनः एमालेको सक्रिय राजनीतिमा फर्कने र पार्टीको माथिल्लो तहमा जिम्मेवारी लिने वैधानिक बाटो खुलेको छ । 

उपमहासचिव लेखराज भट्टले पनि पार्टीको यो निर्णयले अनुभवी नेताहरूलाई सम्मान र स्थान दिने पार्टीको नीतिलाई स्पष्ट पारेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्