३० असार २०८३, मंगलबार

अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते

जेठ १०, २०८३
काठमाडौं
अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते

अमेरिकाको साउथ क्यारोलिना राज्यको एट्लान्टिक बिचमा आइतबार बिहान भागदौड मच्चिँदा कम्तीमा १९ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

होरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा भनेको छ, “आपतकालीन प्रतिक्रियाकर्ताहरूलाई स्थानीय समयअनुसार बिहान १ बजे एट्लान्टिक बीचको ‘साउथ ओशन बुलेभाडर्’ नजिकैको स्टेज क्षेत्रमा पठाइएको थियो।

संस्थाका अनुसार घटनामा १९ जना व्यक्तिहरू चोटपटक लागेको छ, जसमध्ये कसैको पनि जीवन खतरामा रहेको विश्वास गरिएको छैन । तीन जनालाई अस्पताल लगिएको थियो भने अन्यले आफैंले उपचार गराएको बताइएको छ।

यो घटना मेमोरियल डे सप्ताहन्तमा आयोजित एक ठूलो वार्षिक भेला ब्ल्याक बाइक सप्ताहको समयमा भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्