०८ साउन २०८३, शुक्रबार

आइपिएल : शीर्ष चार टोलीको सफलता पछाडि देखिए यी ४ रोचक पक्ष

जेठ ११, २०८३
काठमाडौं
आइपिएल : शीर्ष चार टोलीको सफलता पछाडि देखिए यी ४ रोचक पक्ष

 इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को प्लेअफ समीकरण पूरा भएको छ। यससँगै मे २६ मा हुने क्वालिफायर-१ मा बेङ्गलुरु र गुजरात भिड्नेछन् भने मे २७ मा हैदराबाद र राजस्थानबीच एलिमिनेटर खेल हुने तय भएको छ।

 यस सिजन प्लेअफमा पुगेका चारवटै टोलीको यात्रा आ-आफ्नै किसिमको रहे पनि उनीहरूको प्रदर्शनको तथ्याङ्क केलाउँदा केही यस्ता साझा मन्त्रहरू देखिएका छन्, जसले उनीहरूलाई अन्तिम चारसम्म डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

यी चारवटै टोलीको सफलताको पहिलो मुख्य आधार बलियो शीर्ष क्रमको ब्याटिङ देखिएको छ। तथ्याङ्क अनुसार प्लेअफमा पुगेका सबै टोलीका मुख्य तीन ब्याट्सम्यानले मिलेर १३०० भन्दा बढी रन बनाएका छन्। यो सिजन पन्जाबको टोलीले पनि यो आँकडा पार गरेको भए तापनि सन्तुलनको अभावमा ऊ प्लेअफमा पुग्न सकेन। 

अन्य टोलीका शीर्ष तीन ब्याट्सम्यानले १२०० रनको आँकडा समेत छुन नसक्नुले शीर्ष क्रमको ठूलो योगदान नै जितको सूत्र बनेको प्रस्ट हुन्छ।

ब्याटिङसँगै बलिङमा पनि यी टोलीहरू निकै अगाडि देखिएका छन्। सिजनभरका उत्कृष्ट पाँच टोलीमध्ये चारवटा प्लेअफमा पुग्न सफल भए, जसका मुख्य तीन बलरले मिलेर कम्तीमा ४५ विकेट लिएका छन्। कोलकाताका बलरले ४४ विकेट लिएका थिए भने चेन्नईका तीन बलरले ४८ विकेट लिएर पनि टोलीलाई प्लेअफमा पुर्‍याउन पर्याप्त भएन। तर, अन्य टोलीको तुलनामा प्लेअफ पुगेका टोलीका बलरहरू बढी घातक साबित भएको देखिन्छ।

यस पटकको आइपिएलमा ठूलो स्कोर बनाउने टोलीहरूको वर्चस्व स्पष्ट देखियो। कम्तीमा ६ पटक २०० वा सोभन्दा बढी रन बनाउने पाँच टोलीमध्ये चारवटा प्लेअफमा पुगेका छन्। जसमा हैदराबादले ९ पटक र बेङ्गलुरुले ८ पटक यस्तो उपलब्धि हासिल गरे। 

राजस्थानले ७ र गुजरातले ६ पटक २०० रनको आँकडा पार गरे। पन्जाबले ९ पटक ठूलो स्कोर बनाए पनि अन्य प्राविधिक कारणले ऊ पछि पर्यो। बाँकी टोलीहरू भने ५ पटक भन्दा बढी २०० को स्कोर बनाउन असफल रहे।
खेलको लय र निरन्तरता नै यी टोलीहरूको सफलताको चौथो कडी बन्यो। बेङ्गलुरु, गुजरात र हैदराबादले पूरै सिजनमा कहिल्यै पनि लगातार दुईभन्दा बढी खेल हारेनन्। 

राजस्थानले मात्र एक पटक लगातार तीन खेल गुमाएको थियो। गुजरात र हैदराबादले त लगातार पाँच-पाँच खेल जितेर उत्कृष्ट विनिंग स्ट्रीक बनाएका थिए। अर्कोतर्फ, पन्जाबले सुरुमा राम्रो प्रदर्शन गरे पनि पछि लगातार ६ खेल हारेका कारण प्लेअफको दौडबाट बाहिरिनु परेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्