०४ साउन २०८३, सोमबार

धनुषाको प्राथमिक विद्यालयलाई एनआईसी एसिया बैंकको सहयोग

जेठ १२, २०८३
काठमाडौं
धनुषाको प्राथमिक विद्यालयलाई एनआईसी एसिया बैंकको सहयोग

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ ।​

विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरिएको बैंकका ब्रान्डिङ एन्ड मिडिया डिपार्टमेन्ट प्रमुख धिरेन्द्रप्रसाद वाग्लेले जानकारी दिए ।

१३८ भन्दा धेरै विद्यार्थीहरूले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैंकका जनकपुर सर्कल हेड उत्सुकराज श्रेष्ठले उक्त विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई २०८३ जेठ १२ गते एक कार्यक्रमका बीच झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेशकुमार झा, शिक्षक तथा शिक्षिका, विद्यार्थी र बैंकका तर्फबाट बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।​

salt training

कमेन्ट गर्नुहोस्