०५ साउन २०८३, मंगलबार
आयोगलाई चुनौती

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध रास्वपा सांसद बोहोराद्वारा सर्वोच्चमा रिट

जेठ १८, २०८३
काठमाडौं
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध रास्वपा सांसद बोहोराद्वारा सर्वोच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपकराज बोहोराले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा बोहोराले पनि आन्दोलन भड्काएको भन्दै आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।

सोमबार बोहोराले उक्त प्रतिवेदनविरुद्ध रिट निवेदन दर्ता गरेका हुन् । उक्त रिट सर्वोच्च अदालतमा दर्ता भइ भोलि मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ ।

आयोगले सांसद बोहोराको अभिव्यक्ति र भिडियो फुटेजले 'जेन्जी आन्दोलन' लाई भड्काउन र अगाडि बढाउन सहयोग पुर्‍याएको भन्दै उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

अधिवक्ता एवं सांसद मधुकुमार चौलागाईंका अनुसार आयोगको उक्त निर्णयविरुद्ध सांसद बोहोराले रिट दायर गरेका हुन् ।

आयोगको सिफारिस 'काल्पनिक' रहेको दाबी गर्दै आयोगले गरेको उक्त  सिफारिसलाई उत्प्रेषणको आदेशमार्फत बदर (खारेज) गर्न माग गरिएको छ ।

साथै आयोगको उक्त सिफारिसलाई कार्यान्वयन नगर्न/नगराउन अदालतबाट परमादेशको आदेश जारी गर्न समेत माग गरिएको चौलागाईंले लोकान्तरलाई बताए ।

जेन्जी आन्दोलनको ‘मुभमेन्ट’लाई चलाउने क्रममा बोहोराका अभिव्यक्तिले काम गर्‍यो, भिडियो फुटेजहरूले काम गर्‍यो  भनेर अनुसन्धानका लागि आयोगले सिफारिस गरेपछि उक्त सिफारिसविरुद्ध सांसद बोहोराले रिट दायर गरेका हुन् ।

आयोगले बोहोरासहित रास्वपाका १७ सांसदमाथि थप अनुसन्धान गर्न भनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्