२२ जेठ २०८३, शुक्रबार

एनआईसी एसिया बैंक र इफिक्स नेपालबीच सम्झौता, ​डाउनपेमेन्ट विना नै स्मार्टफोन किन्न सकिने

जेठ २२, २०८३
काठमाडौं
एनआईसी एसिया बैंक र इफिक्स नेपालबीच सम्झौता, ​डाउनपेमेन्ट विना नै स्मार्टफोन किन्न सकिने

एनआईसी एसिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्रान्डका स्मार्टफोनको आधिकारिक बिक्रेता इफिक्स नेपाल प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।

ग्राहकहरूको डिजिटल बैंकिङ्गसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार एनआईसी एसिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदरमा अनर ब्रान्डका स्मार्टफोन efix.com.np बाट क्रेडिट कार्डमार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरूले कुनै थप ब्याजविना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोन खरिद गर्न सक्ने विशेष लाभ हासिल गर्न सक्ने र मासिक किस्ताबन्दीका लागि बैंकको पोर्टल instabuy.nicasiabank.com बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ ।

साथै, विदेशमा रहेका नेपालीहरूले समेत इफिक्स नेपाल को वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘Cybersource’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्ने बैंकले जनाएको छ ।

यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ ।

सदैव आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैंकिङ्ग अनुभव प्रदान गर्न यस बैंक सदैव क्रियाशील रहेको परिप्रेक्ष्यमा इफिक्स नेपालसँगको यस सहकार्यले बैंकका ग्राहक महानुभावहरूलाई व्ययभार कम गर्न मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्