
सीजी मोटोकर्प प्रालिले राष्ट्रव्यापी सुजुकी समर सर्भिस क्याम्प योजना सार्वजनिक गरेको छ ।
विशेष छुट, निःशुल्क सवारी साधन जाँच सुविधा र नगरकोटको भंगेरी दरबार रिसोर्टमा लक्जरी स्टेकेसन जित्ने सुनौलो मौका उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यो राष्ट्रव्यापी सेवा अभियान जुन ७ देखि ९, २०२६ (जेठ २४–२६, २०८३) सम्म नेपालभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ।
'नेपालमा गर्मी र मनसुनपूर्वको मौसम प्रारम्भ भइसकेको सन्दर्भमा, जुन बेला भारी वर्षा र फिसलो सडकहरूका कारण सवारी साधनको प्रदर्शन तथा सुरक्षामा प्रतिकूल असर पर्न सक्छ, सीजी मोटोकर्प प्रत्येक सुजुकी मालिकले यो मौसम निडर र पूर्ण सुरक्षाका साथ यात्रा गर्न सकून् भन्ने उद्देश्यले यो अभियान ल्याएको छ। तीन दिने यस क्याम्पमा व्यापक सवारी मर्मत-सम्भार, आकर्षक छुट र निःशुल्क सेवाहरू प्रदान गरिनेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बम्पर लकी ड्र : लक्जरी स्टेकेसन जित्ने मौका
यस क्याम्पमा एक रोमाञ्चक लकी ड्रको आयोजना गरिने कम्पनीले जनाएको छ ।
क्याम्पका दौरान आफ्नो गाडी सर्भिस गर्ने ग्राहकहरूमध्येबाट छनोट भएका दश भाग्यशाली विजेताले प्रत्येकले नगरकोटको भंगेरी दरबार रिसोर्टमा एक्सक्लुसिभ स्टेकेसन प्याकेज जित्ने मौका पाउनेछन् ।
काठमाडौं उपत्यकाको मनोरम पहाडी परिवेशमा मनलाई ताजगी दिने एक अद्वितीय अनुभव ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
क्याम्पमा सर्भिस गराउने सबै ग्राहकहरू स्वतः यस लकी ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ ।