०२ साउन २०८३, शनिबार

रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

जेठ २५, २०८३
दैलेख
रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् ।

हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९ मत प्राप्त गरे ।

त्यसैगरी, उपसभापतिमा गणेश शाही, सचिव पदमा रमेश केसी निर्वाचित भएका छन् ।

सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्