२६ जेठ २०८३, मंगलबार

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, यस्तो छ १० सदस्यीय मन्त्रिपरिषद्

जेठ २५, २०८३
काठमाडौं
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, यस्तो छ १० सदस्यीय मन्त्रिपरिषद्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन गरेका छन् । 

सोमबार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच नयाँ नियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

विस्तारित मन्त्रिपरिषद्मा सुरेन्द्र बहादुर पाललाई भौतिक पूर्वाधार विकास, हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानून र बिर बहादुर थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, नवनियुक्त मन्त्रीहरू विक्रम सिंह धामीले आर्थिक मामिला, बेल बहादुर राना मगरले सामाजिक विकास र मान बहादुर रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यभार सम्हालेका छन् । उनीहरू तीनै जनालाई प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १७२ बमोजिम शपथ गराएका थिए । 

यस्तै, मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्रीहरू समेत नियुक्त भएका छन् । निर्मला देवी साउँद (भौतिक पूर्वाधार), मधु देवी भारती (सामाजिक विकास) र जुना कुमारी दानी (आर्थिक मामिला) ले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त राज्यमन्त्रीहरू भारती र दानीलाई मुख्यमन्त्री कमल बहादुर शाहले सोही समारोहमा शपथ गराएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शेखर कुमार रोकायाले जानकारी दिए । 

No description available.

salt training

कमेन्ट गर्नुहोस्