२८ असार २०८३, आइतबार

विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाटै फर्काइयो

जेठ २६, २०८३
काठमाडौं
विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाटै फर्काइयो
फाइल तस्वीर

फिफा विश्वकप फुटबल हेर्न क्यानडा जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । 

विश्वकप हेर्न क्यानडा जाँदै गरेका उनीहरूलाई मंगलबार बिहान विमानस्थलबाटै फिर्ता गरिएको अध्यागमन कार्यालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार उनीहरू कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको हो ।

 ‘उहाँहरू क्यानडा जान विमानस्थलमा आउनुभएको थियो । ब्ल्याक लिस्टमा रहेकाले हामीले फर्काइदिएका हौं,' अध्यागमनका ती अधिकारीले भने ।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्