०३ साउन २०८३, आइतबार

कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध संवैधानिक इजलाशमा सुनुवाइ

जेठ २७, २०८३
काठमाडौं
कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध संवैधानिक इजलाशमा सुनुवाइ

निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध संवैधानिक इजलाशमा सुनुवाइ शुरू भएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा,अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको इजलाशमा बुधवार सुनुवाइ शुरू भएको हो ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दहालसमेत ५ जनाले संवैधानिक इजलासमा सरकारको निर्णयविरुद्ध वैशाख २५ गते रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रपति कार्यालय शीतल निवाससहितलाई विपक्षी बनाइएको छ । 

यसअघि वैशाख २८ गते संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।  संवैधानिक इजलासको बहुमत न्यायाधीशहरूले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि सरकारलाई बोलाउने आदेश गरेको थियो । 

कामु प्रधानन्यायाधीश सपनाप्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालले कारण देखाऊ आदेशसमेत जारी गरेका थिए । 
उनीहरूले संविधानले स्वतन्त्रताको हक र ट्रेड युनियन खोल्ने हक प्रदान गरेको बताउँदै अल्पकालीन अन्तरिम आदेश दिएका थिए ।
 
न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्