
नेपालले समेत भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिका कारण अवरुद्ध बनेको संसद् सुचारु गर्न विपक्षी दल लचक भएका छन् ।
प्रधानमन्त्री स्वयं उपस्थित नभए उनको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिने रास्वपाको प्रस्तावपछि विपक्षी लचक बनेका हुन् ।
तर, परराष्ट्रमन्त्रीले संसद्मा दिने जवाफ प्रधानमन्त्रीको वक्तव्यको रूपमा हुनुपर्ने विपक्षीको अडान छ ।
रास्वपा सभापति रवि लामिछानेले गरेको छलफलपछि सदन खोल्न विपक्षी लचक बनेका हुन् ।
सहमतिको प्रयासपछि बुधवार ११ बजेका लागि बोलाइएको बैठक सूचनामार्फत् २ बजेसम्मको लागि सारिएको छ ।
नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरूद्ध पार्दै आएका छन्।