२९ जेठ २०८३, शुक्रबार

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

जेठ २७, २०८३
काठमाडौं
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ ।

सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्तिसम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको हो ।

'स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण सङ्कलनको चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिएको हो,' आयोगद्वारा जारीविज्ञप्तिमा भनिएको छ ।

जेनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण सङ्कलनमा कठिनाइ भएको हुनसक्ने अनुमान गरिएको छ । "यो अन्तिम पटकका लागि हो, अब म्याद थप हुँदैन, थपिएको म्यादभित्र सम्बन्धितले अनिवार्य रूपमा सम्पत्ति विवरण दाखिल गर्नुपर्छ,' विज्ञप्तिमा भनिएको छ, 'आयोगमा हालसम्म तीन हजार पाँच सय बढीले सम्पत्ति विवरण प्राप्त भइसकेका छन् ।'​

सम्पत्ति सम्बन्धमा ६० भन्दा बढी उजुरी प्राप्त भएको आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी दिए ।

निर्धक्क र निष्फिक्री भएर सम्पत्तिसम्बन्धी प्रमाण राखेर आफ्नो विवरण पेस गर्न आयोगले आग्रह गरेको छ । प्राप्त विवरण दर्ता गरेर छानबिनको प्रक्रिया अघि बढाउने आयोगको तयारी छ ।

यसअघि आयोगले यही जेठ मसान्तभित्र आ-आफ्नो सम्पत्तिको विवरण बुझाउन अनुरोध गरेको थियो ।

सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका वा हटिसकेका व्यक्तिले आफैं वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेलमार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्