
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्ति सच्याउनु पर्ने मागसहित विपक्षी दलले जेठ १७ गतेदेखि अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक चल्ने संकेत देखिएको छ ।
रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरेपछि बैठक चल्ने संकेत देखिएको हो ।
रविले विपक्षीसँग छलफल गरेपछि बुधबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
विपक्षीको माग सम्वोधन गर्न प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले सम्वोधन गर्ने गरी तयारी भएको स्रोतले जानकारी दियो ।
विपक्षी दलसँग सहमतिको प्रयास चलिरहेको भन्दै बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचनामार्फत २ बजेका लागि सारिएको थियो ।
तर, ३ बजेसम्म बैठक शुरू हुन सकेको छैन ।