
धादिङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका- २ वंशगाउँ बस्ने ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठ छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।