०४ साउन २०८३, सोमबार
राहदानी खरिद ठेक्का प्रकरण

बूढानीलकण्ठको भग्नावशेष घरमा टाँसियो आरजुविरुद्ध अख्तियारको तामेली

असार ४, २०८३
काठमाडौं
बूढानीलकण्ठको भग्नावशेष घरमा टाँसियो आरजुविरुद्ध अख्तियारको तामेली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ । 

आयोगले खण्डहर बनेको बूढानीलकण्ठस्थित देउवा निवासमा तामेलीको सूचना टाँसेको छ । २०८२ भदौ २४ मा जेनजी आन्दोलनका क्रममा जलाइएको देउवा निवास अहिले भत्काउने काम भइरहेको छ । सोही भग्नावशेष बनेको घरको भित्तामा सूचना टाँसिएको छ । 

आरजुलाई बाटोको म्यादबाहेक तीनदिनभित्र आयोगमा उपस्थित हुन भनिएको छ । उक्त सूचना यही असार २  गतेको मितिमा टाँसिएको छ । 

null

उपचारका लागि भन्दै पति शेयरबहादुरसहित सिंगापुर गएकी आरजु फर्किएकी छैनन् ।

अख्तियारले यस प्रकरणमा यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ४ जनालाई गिरफ्तार गरिसकेको छ ।

पढ्नुहोस् यो पनि- 

पासपोर्ट प्रकरणमा आरजु देउवा पनि तानिइन्, अख्तियारद्वारा बयानका लागि म्याद तामेल

null

null

null

null

null

null

null

 


 

salt training

कमेन्ट गर्नुहोस्