०४ साउन २०८३, सोमबार

प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित

असार ८, २०८३
काठमाडौं
प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित

प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । 

महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ । बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ ।

बन्दसत्र रोकिएसंगै रास्वपाको महाधिवेशन एक दिन लम्विने देखिएको छ ।  रास्वपाको महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए । 

कमेन्ट गर्नुहोस्