
अत्याधुनिक प्रविधिसहित गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा मेट्रो आई केयर लुम्बिनी सञ्चालनमा आएको छ ।
फेको सेन्टरमार्फत एकै स्थानबाट आँखाका सबै उपचार प्रदान गर्ने योजना आई केयरको छ ।
आधुनिक उपकरण र अनुभवी दृष्टि विशेषज्ञमार्फत बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी उपचार सेवा प्रदान गरिने सञ्चालक तथा दृष्टि विशेषज्ञ अमित केसीले जानकारी दिए ।
उनका अनुसार अत्याधुनिक प्रविधिमा आधारित सेवा विस्तार गर्दै सर्वसाधारणलाई गुणस्तरीय नेत्र उपचार सेवा सहज रूपमा उपलब्ध गराइनेछ ।
आधुनिक प्रविधिसहितको आँखा अस्पताल सञ्चालनमा आएपछि सामान्य परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाका लागि भैरहवादेखि काठमाडौंसम्म जानुपर्ने बाध्यता अन्त्य भएको दृष्टि विशेषज्ञ प्रभात जिसीले बताए ।
उनले समय-समयमा मधुमेहको जाँच गरी दृष्टिसम्बन्धी समस्याबाट बच्न समेत आग्रह गरे । अस्पतालमा बालबालिकाको आँखाको सम्पूर्ण उपचार पनि हुने उनले जानकारी दिए ।
३० लाख लगानीबाट शुरु गरिएको अस्पतालमा १ करोड ३० लाख रुपैयाँ लगानी पुगेको छ ।
अस्पतालमा ५ जना नेत्र विशेषज्ञको टिम रहेको छ ।