१० साउन २०८३, आइतबार

काठमाडौंको टोखा रोडमा कजारिया रमेश टायल्सको नयाँ शोरुम

असार १६, २०८३
काठमाडौं
काठमाडौंको टोखा रोडमा कजारिया रमेश टायल्सको नयाँ शोरुम

कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा विशेष शोरुम सञ्चालनमा ल्याएको छ ।

जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पुर्‍याउने उद्देश्य राखेको छ ।

शोरुमको औपचारिक उद्‌घाटन कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस कस्मो नेपाल २०२५ दीपशिखा नेपाललगायतको सहभागिता थियो ।

कजारिया रमेश टायल्स लिमिटेडका अन्य वरिष्ठ प्रतिनिधिहरू तथा जगदम्बा इन्टरनेसनलको व्यवस्थापन टोलीको उपस्थितिमा शोरुमको औपचारिक उद्‌घाटन गरी स्थानीयलाई नयाँ शोरुम अवलोकन गराइएको थियो ।

आधुनिक र ग्राहकमैत्री ढाँचामा व्यवस्थित गरिएको यस शोरुमलाई ग्राहकहरूले सहज र उत्कृष्ट सपिङको अनुभव लिन सक्ने गरी डिजाइन गरिएको छ ।

यहाँ आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइनहरू प्रत्यक्ष स्पर्श गरी हेर्न, महसुस गर्न र परिकल्पना गर्न सक्नेछन् ।

यसले गर्दा ग्राहकहरूलाई आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि विभिन्न टेक्सचर, प्याटर्न र साइजहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो रोजाइ अनुरूपको उत्कृष्ट टायल छनोट गर्न सजिलो हुने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्