१० साउन २०८३, आइतबार
स्पेनको ऐतिहासिक डिफेन्स

विश्वकपमा कीर्तिमानी 'क्लिन सिट', के स्पेनले दोस्रो पटक उपाधि उचाल्ला ?

असार २३, २०८३
काठमाडौं
विश्वकपमा कीर्तिमानी 'क्लिन सिट', के स्पेनले दोस्रो पटक उपाधि उचाल्ला ?

सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा स्पेनले आफ्नो प्रसिद्ध 'टिकी-ताका' शैलीले विश्व फुटबललाई मन्त्रमुग्ध पारेको थियो । जाभी हर्नान्डेज र आन्द्रेस इनिएस्टाको मिडफिल्ड जादु तथा डेभिड भिल्लाको गोलको मद्दतले टोलीले इतिहासमै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

१६ वर्षपछि, स्पेन पुनः सोही इतिहास दोहोर्‍याउनबाट मात्र तीन जित टाढा छ । गएराति पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

तर, यदि जुलाई १९ मा न्युजर्सीको फाइनलमा स्पेनले दोस्रो पटक ट्रफी उचाल्ने हो भने, यसपटक टोलीले आफ्नो आक्रमणलाई भन्दा बढी रक्षापङ्क्तिलाई धन्यवाद दिनुपर्नेछ ।

स्पेनिस फुटबल विशेषज्ञ गुइलेम बलागका अनुसार, 'यो टोली कसरी प्रतिस्पर्धा गर्ने भन्ने राम्रोसँग जान्दछ। यो एउटा यस्तो प्रतिबद्ध समूह हो, जहाँ सबैले एकै किसिमले सोच्छन्।'

null

स्पेनसँग मिकेल ओयार्जाबल, १८ वर्षीय युवा स्टार लामिन यमाल र मिडफिल्ड सम्हाल्ने पेड्रि तथा सन् २०२४ का ब्यालोन डी'ओर विजेता रोड्रीजस्ता उत्कृष्ट आक्रामक खेलाडीहरू छन्।

तर, मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले आफ्नो विश्वकप यात्राको बलियो जग भने रक्षापङ्क्तिमा खडा गरेको छ।

स्पेन जारी विश्वकपमा अहिलेसम्म एउटै पनि गोल नखाएर क्वाटरफाइनल पुग्ने एक मात्र टोली बनेको छ। सह-आयोजक मेक्सिकोले इङ्ल्यान्डविरुद्ध ३ गोल खाएपछि स्पेन मात्र यस्तो टोली हो जसको पोष्टमा अहिलेसम्म बल छिरेको छैन।

स्पेनले विश्वकपको इतिहासमा लगातार ६ खेलमा 'क्लिन सिट' राख्दै नयाँ रेकर्ड बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्