
रूपन्देही प्रहरी पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका– १ का चन्द्रभुषण सोनाम, सोही पालिकाका वडा नम्बर १ का अमिर कुमार लोध र वडा नम्बर १० का राम अनुज कुर्मी रहेका छन् ।
त्यस्तै, जिल्लाको सम्मरीमाई गाउँपालिका ३ का गोविन्द नाउ र सरोज नाउलाई पक्राप गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
उनीलाई किर्ते, चोरी, बैकिङ कसुर, कुटपिट र गालीगलौजको मुद्दा लागेको थियो ।