
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका १६ जना सांसदले बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
कांग्रेस र नेकपाबीच सत्ता साझेदारीको सहमति भएसँगै मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
बुधबार मात्र कांग्रेसको तर्फबाट सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।
अविश्वास प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई भावी मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
