
सरकारको कार्यशैलीलाई लिएर रास्वपा भित्र असन्तुष्टि चुलिएको बेला पार्टी सभापति रवि लामिछाने र उपाध्यक्ष एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काठमाडौंबाहिर २४ घण्टा बिताएर फर्केका छन् ।
‘बिदा मनाउन भन्दै’ शनिबार दिउँसो काभ्रेको धुलिखेलस्थित दूसित थानीरिसोर्टमा गएका रवि र स्वर्णिम आइतबार अपरान्ह काठमाडौं फर्केका हुन् ।
रास्वपा स्रोतले बिदा मनाउनका लागि सभापति धुलिखेल गएको बतायो ।रिसोर्टमा एकरात बिताएर उनीहरू काठमाडौं फर्केका छन् ।
सुरक्षा स्रोतका अनुसार परिवारका सदस्यबाहेकरिसोर्टमा रास्वपाका अन्य कोही नेता भने सहभागी भएका थिएनन् । रास्वपाका दुई शीर्ष नेताको ‘रिट्रिट’लाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
अर्थमन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पार्टी सभापति लामिछानेसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
असार २८ गते भएको भेटवार्तामा बालेनले स्वर्णिमसँगै सोविता गौतम र महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत हटाउन रविसँग आग्रह गरेका थिए ।
साथै सभापति लामिछानेले प्रधानमन्त्री बालेनका सचिवालयका केही सदस्य फेर्नुपर्ने बताएका थिए ।
पढ्नुहोस्, यो पनि :
स्वर्णिमसँगै कानूनमन्त्री सोविता र महान्यायाधिवक्तालाई पनि हटाउन बालेनको दबाब !