०८ साउन २०८३, शुक्रबार

जनकपुर नपुगेको दाबी गर्दै हर्क साम्पाङले भने– श्रमदातामाथि दुर्व्यवहार भएपछि मन्दिर दर्शन गर्न पाइएन

साउन ५, २०८३
काठमाडौं
जनकपुर नपुगेको दाबी गर्दै हर्क साम्पाङले भने– श्रमदातामाथि दुर्व्यवहार भएपछि मन्दिर दर्शन गर्न पाइएन
फाइल फोटो

श्रम संस्कृति पार्टीका अध्यक्ष प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफू जनकपुर नपुगेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा फैलिएको ‘लखेटिएको’ भन्ने दाबी भ्रमपूर्ण रहेको बताएका छन्।

सामाजिक सञ्जालमा लगातार तीन वटा स्टाटस लेख्दै साम्पाङले जानकी मन्दिर परिसरमा आफ्ना श्रमदातामाथि दुर्व्यवहार भएको जानकारी पाएपछि आफू मन्दिर दर्शन नगरी फर्किएको बताएका छन्।

'जानकी मन्दिर परिसरमा हाम्रा श्रमदाताहरूलाई दुर्व्यवहार भएछ, त्यसैले मन्दिर दर्शन गर्न नसक्ने भैयो आज, कुनै दिन जानकी देवीले दर्शन दिनुहोला,' उनले लेखेका छन् ।

त्यसअघि उनले ‘म जनकपुर पुगेकै छैन, लखेटिएको भन्ने भ्रम फैलाइएको छ’ भन्दै आफू जनकपुरमै नपुगेको दाबी गरेका छन्।

यस्तै, साम्पाङले ‘गाई कसले खाएको रहेछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखेँ । यो कस्तो राजनीति गर्न खोजिएको हो?’ भन्दै घटनाप्रति प्रश्नसमेत उठाएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्