![कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Car_Aaglagi_Kritipur_5_yf0Cmnt8az.jpg)
कीर्तिपुरको चाँदनी चोकमा रोकिराखेको कारमा आगलागी भएको छ ।
घटनामा चालकको जलेर मृत्यु भएको छ । उनको शव सिट बेल्ट लगाएको अवस्थामा फेला परेको छ ।
मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कार जलेको हो ।
आगलागीको कारण र मृतकको पहिचान खुलेको छैन ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी









