०६ साउन २०८३, बुधबार

अण्डाको मूल्य बढ्यो, किसानले अझै लागत पाएनन्

साउन ६, २०८३
चितवन
अण्डाको मूल्य बढ्यो, किसानले अझै लागत पाएनन्

‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा ४२० वाट ४७० पुगेको छ । सानो अण्डा ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट ५० बढेको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए । दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उनले बताए । 

जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको ५५० मा बिक्री भएकामा झरेर ४५० मा आइपुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ । 

प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ ।  मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् । 

अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताए । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्