०७ साउन २०८३, बिहीबार

निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई पुरुषको शव भेटियो

साउन ६, २०८३
दाङ
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई पुरुषको शव भेटियो

दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई पुरुषको शव फेला परेको छ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान शुरू गरेको छ।

दुवै मृतकको पहिचान खुल्न बाँकी रहेको दाङ प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्