०६ साउन २०८३, बुधबार

'लुई चौधौँजस्तो शासक चाहिएन' भन्दै माइतीघरमा लोकसेवा अध्यनरत विद्यार्थीको प्रदर्शन [तस्वीरहरू]

साउन ६, २०८३
काठमाडौं
'लुई चौधौँजस्तो शासक चाहिएन' भन्दै माइतीघरमा लोकसेवा अध्यनरत विद्यार्थीको प्रदर्शन [तस्वीरहरू]

सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । 

यही साउन ४ गते बसेको मुख्यसचिव स्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग राख्दै उनीहरूले माइतीघरमा विरोध/प्रदर्शन गरेका हुन् । 

११ नम्बर बुँदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्नुपरेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

null

यसअघि मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको थियो । 

उक्त निर्णयले लोकसेवा आयोगको नियमित विज्ञापन र पदपूर्ति प्रक्रिया नै प्रभावित हुने भन्दै तयारीमा जुटेका परीक्षार्थीहरूले विरोध जनाएका हुन्।

null

उनीहरूले '११ नम्बर बुँदा खारेज गर, पदपूर्ति रोक्न पाइँदैन, हामीलाई लुइँ चौधौँजस्तो शासक चाहिएको होइन नि सरकार !' लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । 

null

null

null

null

nullरहरू : नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्