०८ साउन २०८३, शुक्रबार
कांग्रेस विवाद पेचिलो बन्दै

साउन २९ गते राष्ट्रिय भेला बोलाउने इतर पक्षको घोषणा

साउन ६, २०८३
काठमाडौं
साउन २९ गते राष्ट्रिय भेला बोलाउने इतर पक्षको घोषणा

नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।

बुधबार बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका हुन् ।

उनले राष्ट्रिय भेलाबाट आवश्यक निर्णय लिइने बताए । ‘मलाई भेट्न आउने कार्यकर्ताहरूले तपाईं नेताहरूले धेरै ढिला गर्नुभयो भनिरहेका छन्, तर हामी त्यसै सुतेर बसेका छैनौं,’ नेता सिंहले भने ।

साउन २९ अगावै विशेष महाधिवेशनबाट नेतृत्वमा आएका पार्टी सभापति गगन थापासँग सहमति नभए कांग्रेस विभाजनमा जाने कार्यक्रममा नेताहरूले चेतावनी दिएका थिए ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आत्मसम्मान बिर्सेर समर्पण नगर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्