०८ साउन २०८३, शुक्रबार

चितवनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

साउन ६, २०८३
चितवन
चितवनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । 

सो सेवा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि सो सुविधा दिन लागिएको प्रशासनले जनाएको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमद्वारा जारी सूचनामा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै समय बढाइएको जनाइएको छ । 

दैनिक ७५० हाराहारी सेवाग्राहीलाई सेवा दिने गरी प्रबन्ध मिलाइएको सूचनामा उल्लेख छ । यससँगै केही दिनका लागि राष्ट्रिय परिचयपत्र वितरणको काम रोकिएको थियो । 

विगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीको काम उक्त नम्बरका आधारमा हुने भएकाले केही दिनका लागि परिचयपत्र वितरणको काम रोकिएको सूचनामा उल्लेख छ ।  

विभागको ‘सिस्टम अपग्रेड’का कारण सनाखतमा ढिलाइ भएको हुँदा क्रमशः सनाखत हुँदै जाने भएकाले उक्त प्रयोजनाका लागि कार्यालय आइराख्नु नपर्ने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्