०८ साउन २०८३, शुक्रबार

ठमेलमा पर्यटक र सर्वसाधारणलाई दुःख दिने तथा प्रहरीसँग अभद्र व्यवहार गर्ने २३ जना पक्राउ

साउन ७, २०८३
काठमाडौं
ठमेलमा पर्यटक र सर्वसाधारणलाई दुःख दिने तथा प्रहरीसँग अभद्र व्यवहार गर्ने २३ जना पक्राउ

 काठमाडौंको ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक रूपमा दुःख हैरानी दिएको आरोपमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल फायरचोक क्षेत्रमा बाटो हिँडिरहेका विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य सर्वसाधारण पुरुषहरूको बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्दै हैरानी दिने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूले प्रहरीले सम्झाइबुझाइ गर्दा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि नै अपशब्द प्रयोग गर्दै गालीगलौज तथा धक्कामुक्का समेत गरेका थिए।

उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्