०८ साउन २०८३, शुक्रबार

टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

साउन ८, २०८३
काठमाडौं
टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

दुई र तीनपाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी टीभीएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रालिको सहकार्यमा नेपालमा बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर ‘TVS Orbiter’ सार्वजनिक गरेको छ। स्मार्ट, दिगो र सहरी विद्युतीय यात्रालाई नयाँ परिभाषा दिने उद्देश्यसहित जगदम्बा मोटर्सले नयाँ स्कुटरलाई नेपाली बजारमा भित्र्याइएको हो । 

सहरी यात्राका लागि विशेष रूपमा डिजाइन गरिएको स्कुटरले उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमताको संयोजन गर्दै विद्युतीय सवारीको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ।

स्कुटरमा ३.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा १५८ किलोमिटरको उत्कृष्ट आईडीसी रेन्ज प्रदान गर्छ। सहरी यात्रालाई थप सहज र आरामदायी बनाउन यसमा उद्योगमै पहिलो पटक १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको छ।

उन्नत एरोडाइनामिक दक्षतासहितको आधुनिक डिजाइन भएको स्कुटरमा १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट र २९० मिलिमिटरको स्ट्रेट-लाइन फुटबोर्ड रहेको छ। यसले यात्रुलाई उत्कृष्ट आराम र पर्याप्त लेगरुम दिन्छ। 

साथै, यसमा दुईवटा हेल्मेट सहजै अट्ने ३४ लिटरको विशाल बुट स्पेस उपलब्ध छ। स्कुटरमा इन्टिग्रेटेड इन्डिकेटरसहितको एज-टु-एज फ्रन्ट लाइट र भाइजरसहितको फ्रन्ट एलईडी हेडलाइटले यसको सौन्दर्यलाई अझ आकर्षक बनाएको छ।

टिभिएस अर्बिटरमा प्रविधि र सुरक्षाका अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्। यसमा इनकमिङ कल, एसएमएस र व्यक्तिगत अलर्ट डिस्प्ले हुने कलर एलसीडी कनेक्टेड क्लस्टर, इजी-एक्सेस बक्ससहितको युएसबी २.० चार्जिङ पोर्ट र ओटिए अपडेट सुविधा रहेको छ। 

स्मार्ट नेभिगेसनमार्फत टर्न-बाइ-टर्न दिशा निर्देशन पाउन सकिने स्कुटरलाई मोबाइल एपसँग जोडेर टाढैबाट ब्याट्री चार्ज र ओडोमिटर जाँच गर्न सकिन्छ। यात्रा सुरक्षित र सहज बनाउन यसमा हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र पार्किङ असिस्टजस्ता सुविधाहरू छन्। त्यसैगरी, दुर्घटना वा स्कुटर ढलेको अवस्थामा अलर्ट दिने, चोरी तथा टोइङ अलर्ट, लाइभ लोकेसन ट्र्याकिङ, जियो-फेन्सिङ र इमर्जेन्सी अलर्टजस्ता स्मार्ट सुरक्षा सुविधाहरूरहेको कम्पनीले जनाएको छ ।  रेन्ज र ऊर्जा बचाउन रिजेनेरेटिभ ब्रेकिङसहित इको र पावर गरी दुईवटा राइडिङ मोडहरू उपलब्ध छन्।

सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेइमान कार्गरले यो स्कुटर दिगो मोबिलिटीलाई सक्रिय रूपमा अपनाइरहेको नेपालको ईभी इकोसिस्टम विस्तार गर्ने महत्वपूर्ण कदम भएको बताए। उनले कम्पनी अझ स्वच्छ, स्मार्ट र दिगो भविष्य निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। 

त्यसैगरी, अन्तर्राष्ट्रिय व्यवसायका उपाध्यक्ष मधुप्रकाश सिंहले नेपालका विविध सडक तथा भू–धरातलीय अवस्थाहरूमा कडा परीक्षण गरेर मात्र यो स्कुटर बजारमा ल्याइएको जानकारी दिँदै यसले विद्युतीय मोबिलिटीको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे। 

शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले टिभिएस आइक्युबको सफलतापछि अर्बिटरले पनि बजारमा अग्रणी स्थान ओगट्ने दाबी गर्दै देशव्यापी बलियो बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।

नेपाली बजारमा यो स्कुटर नियोन सनबर्स्ट, कस्मिक टाइटानियम र मार्सियन कपर गरी तीनवटा आकर्षक रंगहरूमा उपलब्ध छ र कम्पनीले यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकेको छ। भारत र इन्डोनेसियामा अत्याधुनिक उत्पादन केन्द्रहरू भएको १०० वर्षको विरासत बोकेको टिभिएस मोटर कम्पनी प्रतिष्ठित डेमिङ प्राइज प्राप्त गर्ने एकमात्र दुईपाङ्ग्रे सवारी कम्पनी हो। 

विश्वका ९० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति जनाएको यस कम्पनीले उत्कृष्ट ग्राहक सेवा र नवप्रवर्तनलाई आत्मसाथ गर्दै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्