१० साउन २०८३, आइतबार

बाल संरक्षण अनुदान हिनामिनाको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा

साउन ८, २०८३
काठमाडौं
बाल संरक्षण अनुदान हिनामिनाको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बाल संरक्षण अनुदानको रकम हिनामिना गरेको आरोपमा तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०६८/०६९ मा बालबालिकाको पोषण भत्ताबापतको कुल ३ लाख ७ हजार २ सय रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बालबालिकाका लागि निकासा भएको उक्त पोषण भत्ता रकम लक्षित वर्गलाई वितरण नै नगरी सचिव कोइरीसमेतले हिनामिना गरेका हुन् ।

न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार तत्कालीन कार्यालय सहयोगी उमाकान्त महतोले आफ्नो पदीय ओहोदाको दुरुपयोग गर्दै तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र जिल्ला विकास समितिको आन्तरिक लेखापरीक्षण शाखाका तत्कालीन सहायक लेखापाल सुरुज साहसँग प्रत्यक्ष मिलेमतो गरी नक्कली भरपाई तयार पारेका थिए ।

उनीहरूले आफैं र अन्य व्यक्तिहरूलाई औँठाछाप लगाउन लगाई कीर्ते भरपाई खडा गरेर पेस्की फर्छ्यौट गराई सरकारी रकम दुरुपयोग गरेको प्रयोगशाला परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।​​

आयोगले कोइरी, तत्कालीन कार्यालय सहयोगी तथा हाल गौशाला नगरपालिका–४ का वडा सचिव उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समितिका सहायक लेखापाल तथा हाल भंगाहा नगरपालिकामा कार्यरत अधिकृत सुरुज साहविरुद्ध जनही ३ लाख ७ हजार २०० रुपैयाँ बिगो कायम गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्