१० साउन २०८३, आइतबार

रास्वपा सांसद गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति संसदीय दलद्वारा घोर भर्त्सना, कडा कारबाहीको माग

साउन ९, २०८३
काठमाडौं
रास्वपा सांसद गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति संसदीय दलद्वारा घोर भर्त्सना, कडा कारबाहीको माग

रौतहट-४ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि भएको कालो मसी प्रहार र दुर्व्यवहारको घटनाप्रति रास्वपा संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विज्ञप्तिमार्फत पार्टीले यस किसिमको हिंसात्मक तथा अमर्यादित गतिविधिको घोर भर्त्सना गरेका हुन् । 

सांसद पौडेलमाथि साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्कने क्रममा दुर्व्यवहार भएको थियो। लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध जनाउने अधिकार सबैको भए पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा सैह्य नहुने रास्वपाको ठहर छ। 

यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार र शान्तिपूर्ण-सुसंस्कृत राजनीतिक अभ्यासमाथि गम्भीर प्रहार गर्ने विज्ञप्तिमा उल्लेख छ।

रास्वपा संसदीय दलले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न दोषीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न, सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा जनप्रतिनिधिहरूको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्